कृषकलाई कृषि तालिम

Published on

काठमाडौँ । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका अगुवा कृषकहरुका लागि कृषि तालिम सम्पन्न भएको छ । पशुपालन, तरकारी, खाध्यानबाली, दलहन र देलहनबाली सम्बन्धी गढी ५ का स्थानीय अगुवा कृषकहरुलाई कृषि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । वडाका ५० जना स्थानीय अगुवा कृषकहरुलाई अर्गानिक खेती, वातावरण मैत्री कृषिको लागि तीन दिने तालिम दिईएको हो । साझेदारी नेपाल सुनसरीको आयोजना तथा गढी ५ नम्बर वडाको सहयोगमा तालिम सम्पन्न भएको छ । गढी गाउँपालिका पशु विकास अधिकृत ब्रहमदेव यादवका अनुसार जिबिकोपार्जनमा सहज र कृषिलाई व्यवसायीमुखी बनाउनका लागि तालिम प्रदान गरिएको हो । तालिममा मकैं, धान तथा गहुँको सिजन अनुसारको अर्गानिक मलको प्रयोग र बनाउने तरिका, कृषि तथा पशु विमा समेतको बारेमा जानकारी गराएको वडा अध्यक्ष चन्द्रकुमार सरदारले जानकारी दिनुभयो ।

पछिल्लो समय बाली उत्पादनको नाममा बढ्दो रासायनिक बिषदीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रुपमा असर भई क्षती पुगाई रहेको प्रशिक्षक भुवनेश्वर यादवले कृषकहरुलाई तालिममा जानकारी गराउनुभयो । कृषकहरुले कम सयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने विभिन्न विषादीले जमिनलाई प्रत्यक्ष क्षती पुगिरहेको हुँदा यसको न्युनिकरणमा सहयोग पुग्ने मुख्य उद्येश्यले समेत तालिम प्रदान गरिएको यादवले जानकारी दिनुभएको छ । कृषकहरुले जमिनलाई कम क्षती गरी बाली उत्पादन गरे प्रकृति र वातावराणमा असर नपर्ने भन्दै यसबारे तालिममा सचेत गराईएको छ । वाली उत्पादनको क्रममा सामान्य रोगकै कारण बिषादी प्रयोग गरिहाल्नु नपर्ने सुझाइएको छ । सकेसम्म बिषादीको प्रयोग नै नगर्ने यदि गर्नै परेपनि अन्तिम बिकल्पको रुपमा कम बिशाक्त भएको बिषादीको प्रयोग गर्नुपर्ने प्रशिक्षकहरुले प्रशिक्षणका क्रममा जानकारी दिनुभयो । कृषकहरुले बढी उत्पादन गर्ने कृषकहरुको चाहानामा विषादी प्रयोगले जमिनलाई क्षती पुग्ने तालिममा बुझाइएको थियो । बालीहरुमा रुैथाने बालि साथै जैबिक बिषादीको प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

स्थानीय विषादी बनाएर बालीमा प्रयोग गरे मानव स्वास्थ साथै बातावरण मैत्री रुपमा बाली उत्पादन हुने जनाइएको छ । अबका दिनमा कृषकहरुले जलवायु मैत्रि प्रविधि अपनाएर स्थानीय तथा रैथाने बालिको उत्पादनमा नयाँ प्रविधि र नयाँ ढङ्गले सुरुवात गर्नुपर्ने आबश्यक रहेको समेत जानकारी दिएको थियो । बालीको सामान्य असरमै कृषकहरुले रासायनिक प्रयोग गरिहाल्ने हुँदा जमिन क्षतीसँगै प्राकृतिक तथा मानव स्वास्थमा असर गम्भिर असर पार्ने भएकाले बालीमा कृषकहरुले स्थानीय स्तरमै पाईने जडिबुटी झारपात, गोबर, गहुँत लगायतको मिक्षण बाट जैबिक बिषादी निर्माण गरी प्रयोगमा ल्याई बाली तथा जमिन सुधार गर्नुपर्ने तालिममा जनाकारी गराइएको थियो । तालिमलाई हरिनगर कृषि शाखाका प्राविधिक तथा प्रशिक्षक भेवनेश्वर यादव, पूर्व कृषि अधिकृतहरु हसजिकरण गर्नुभयो । तालिममा गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साहले वडा नम्बर ५ सतैरझोराका अगुवा कृषकहरुका लागि कृषि तालिम एकदमै उपयोगी भएको बताउनुभयो । कृषकहरुले समेत पहिलो पटक यती राम्रो स्तरीय कृषि तालिम पाएको भन्दै आफूहरुलाई निर्वाहमुखीबाट व्यसवायीमुखी खेतीमा समेत योगदान पुग्ने प्रतिकृया दिएका छन् ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...