चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

Published on

काठमाडौँ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ । सरकारी प्रसारक सिसिटिभीका अनुसार यात्रुहरू बोकेका डुङ्गाहरू आइतबार दिउँसो गुइझोउ प्रान्तको किआनक्सी सहरको एक नदीमा पल्टिँदा ८४ जना पानीमा खसेका थिए । सोमबार बिहानसम्ममा नौ जनाको मृत्यु भएको, ७० जनालाई अस्पतालमा भर्ना गरिएको र चार जना सकुशल रहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । एक जना बेपत्ता छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको खोजी र उद्धार कार्य तथा उपचारमा ‘सबै प्रयास’ गर्न आग्रह गर्नुभएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सीले पर्यटक आकर्षणहरू र अन्य ठुला सार्वजनिक स्थलहरूमा सुरक्षा उपायहरू सुदृढ पार्ने महत्त्वलाई पनि जोड दिनुभएको एजेन्सीले बताएको छ । उपप्रधानमन्त्री झाङ गुओचिङलाई उद्दार कार्यको निरीक्षण गर्न घटनास्थलमा पठाइएको सरकारी राज्य सञ्चारमाध्यमले उल्लेख गरेको छ । अनुसन्धानले डुङ्गाहरूमा यात्रुहरूको अधिक सङ्ख्या नभएको पत्ता लगाएको सिसिटिभीले जनाएको छ । आइतबारको घटना मध्य चीनमा डुङ्गा ठोक्किएर ११ जनाको ज्यान गएको घटना भएको झण्डै दुई महिनापछि आएको हो । हुनान प्रान्तमा एउटा यात्रु डुङ्गा औद्योगिक जहाजमा ठोक्किएपछि १९ जना पानीमा खसेपछि दुर्घटना भएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...