चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

Published on

काठमाडौँ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ । सरकारी प्रसारक सिसिटिभीका अनुसार यात्रुहरू बोकेका डुङ्गाहरू आइतबार दिउँसो गुइझोउ प्रान्तको किआनक्सी सहरको एक नदीमा पल्टिँदा ८४ जना पानीमा खसेका थिए । सोमबार बिहानसम्ममा नौ जनाको मृत्यु भएको, ७० जनालाई अस्पतालमा भर्ना गरिएको र चार जना सकुशल रहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । एक जना बेपत्ता छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको खोजी र उद्धार कार्य तथा उपचारमा ‘सबै प्रयास’ गर्न आग्रह गर्नुभएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सीले पर्यटक आकर्षणहरू र अन्य ठुला सार्वजनिक स्थलहरूमा सुरक्षा उपायहरू सुदृढ पार्ने महत्त्वलाई पनि जोड दिनुभएको एजेन्सीले बताएको छ । उपप्रधानमन्त्री झाङ गुओचिङलाई उद्दार कार्यको निरीक्षण गर्न घटनास्थलमा पठाइएको सरकारी राज्य सञ्चारमाध्यमले उल्लेख गरेको छ । अनुसन्धानले डुङ्गाहरूमा यात्रुहरूको अधिक सङ्ख्या नभएको पत्ता लगाएको सिसिटिभीले जनाएको छ । आइतबारको घटना मध्य चीनमा डुङ्गा ठोक्किएर ११ जनाको ज्यान गएको घटना भएको झण्डै दुई महिनापछि आएको हो । हुनान प्रान्तमा एउटा यात्रु डुङ्गा औद्योगिक जहाजमा ठोक्किएपछि १९ जना पानीमा खसेपछि दुर्घटना भएको थियो । रासस/एएफपी

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...