मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान

Published on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेशका शुभकामना दिँदै गोरखापत्रले मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले गोरखापत्रको ऐतिहासिक यात्रा केवल एक प्रकाशन गृहको कहानी मात्र नभएर यो मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक इतिहासको महत्वपूर्ण घटनाहरूको साक्षी पनि रहेको उल्लेख गर्नुभएको छ । गोरखापत्रले मुलुकको इतिहास र परम्परालाई समेत सम्बोधन गरेको उहाँको भनाइ छ । गोरखापत्रले मुलुकका ४५ वटा राष्ट्रिय भाषामा विभिन्न सामग्री प्रकाशित गरेर समावेशी समाजको परिकल्पनालाई सार्थकता प्रदान गर्न पुर्‍याएको योगदानको सराहना गर्नुहुँदै उहाँले यसले मुलुकको विभिन्न जातजाति, भाषिक समुदाय र क्षेत्रीयताको आवाजलाई प्राथमिकतामा राखेर शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणमा योगदान गरेको बताउनुभएको छ ।

उहाँको सन्देशमा उल्लेख छ, “आमसञ्चार माध्यमको उद्देश्य भनेको जनतालाई सत्यतथ्य र र निष्पक्ष जनकारी प्रदान गर्नु हो । यस अर्थमा गोरखापत्रले राष्ट्र निर्माणको दिशामा महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।” उपराष्ट्रपति यादवले शुभकामना दिनुहुँदै मुलुकको पत्रकारिता क्षेत्रमा गौरवशाली र कालजयी पहिचान बोकेको ऐतिहासिक तथा प्रतिष्ठित प्रकाशन गोरखापत्र पत्रकारिताको धरोहर मात्र नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “गोरखापत्रले सरकार र आमनागरिकबिच सञ्चार सेतुका रूपमा कार्य गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र सामाजिक न्यायका पक्षमा तथा राष्ट्रिय एकताको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...