मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान

Published on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेशका शुभकामना दिँदै गोरखापत्रले मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले गोरखापत्रको ऐतिहासिक यात्रा केवल एक प्रकाशन गृहको कहानी मात्र नभएर यो मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक इतिहासको महत्वपूर्ण घटनाहरूको साक्षी पनि रहेको उल्लेख गर्नुभएको छ । गोरखापत्रले मुलुकको इतिहास र परम्परालाई समेत सम्बोधन गरेको उहाँको भनाइ छ । गोरखापत्रले मुलुकका ४५ वटा राष्ट्रिय भाषामा विभिन्न सामग्री प्रकाशित गरेर समावेशी समाजको परिकल्पनालाई सार्थकता प्रदान गर्न पुर्‍याएको योगदानको सराहना गर्नुहुँदै उहाँले यसले मुलुकको विभिन्न जातजाति, भाषिक समुदाय र क्षेत्रीयताको आवाजलाई प्राथमिकतामा राखेर शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणमा योगदान गरेको बताउनुभएको छ ।

उहाँको सन्देशमा उल्लेख छ, “आमसञ्चार माध्यमको उद्देश्य भनेको जनतालाई सत्यतथ्य र र निष्पक्ष जनकारी प्रदान गर्नु हो । यस अर्थमा गोरखापत्रले राष्ट्र निर्माणको दिशामा महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।” उपराष्ट्रपति यादवले शुभकामना दिनुहुँदै मुलुकको पत्रकारिता क्षेत्रमा गौरवशाली र कालजयी पहिचान बोकेको ऐतिहासिक तथा प्रतिष्ठित प्रकाशन गोरखापत्र पत्रकारिताको धरोहर मात्र नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “गोरखापत्रले सरकार र आमनागरिकबिच सञ्चार सेतुका रूपमा कार्य गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र सामाजिक न्यायका पक्षमा तथा राष्ट्रिय एकताको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।”

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...