पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्

Published on

काठमाडौँ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन । बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएका ४७ वर्षीया सीता धिताल कँडेलको गत चैत ३१ गते शव फेला परेको थियो । उहाँको चैत २७ गते हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । विभत्स तरिकाले हत्या गरिएको कँडेलको शव कोठाको पलाङको प्लाईभित्र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो । शव पलाङ भित्र रहेपनि कोठाको चापी लगाएको भेटिएको थियो । तर घटना भएको करिब एक महिना बित्न लाग्दा पनि प्रहरीले सो घटनाको हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रहरीका अनुसार सीताको हत्या नै भएको पोष्टमार्टमबाट समेत खुलेको छ । प्रहरीले हत्याराको पहिचान भइसकेको र आवश्यक सबै प्रक्रिया अघि बढाएको बताएको पनि धेरै भइसकेको छ । तर अभियुक्त पक्राउ पर्न नसक्दा घटना झनै रहस्यमय बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले अहिलेसम्म हत्यामा संलग्न अभियुक्त पक्राउ नपरेको र अनुसन्धान जारी रहेको बताउनुभयो । प्रहरीले सीतासँग राम्रो चिनजान भएका र नजिककाहरुसँग सोधखोज गरे पनि शङ्कास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरिहेको छ । हत्यापछि घरभित्रै शव राखेर ढोकामा ताला लगाएका कारण हत्यारा योजनाका साथ आएको हुनसक्ने प्रहरी अनुमान छ ।

घटना भएको दिन एक युवक सीताको घरमा आएको सिसिटिभी क्यामरामा देखिएको प्रहरी अनुसन्धानमा भेटिएको छ । सो व्यक्तिसँग सीताको केही कारोबार रहेको बताइन्छ । आशङ्का गरिएका ती युवकको मोवाइल अफ रहेको र घरपरिवार नातागोतामा समेत सम्पर्कमा नरहेकाले अनुसन्धान उनिमाथि केन्द्रित रहेको प्रहरी भनाइ छ । तराई तिरका ति युवक घटनापछि बेपत्ता रहेको र छिमेकी देश भारततर्फ गएको हुनसक्ने प्रहरी अनुमान छ । नाम सार्वजनिक गर्दा अभियुक्त झनै भाग्न सक्ने भएकाले गोप्य राखिएको प्रहरी प्रमुख बोहोराले बताउनुभयो । कँडेल घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोरा बुहारी अस्ट्रेलिया हुनुहुन्छ । लामो समयदेखि आमासँग सम्पर्क नभएपछि उहाँका छोरा अभिनास कँडेलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए । खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी आएर घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...