पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्

Published on

काठमाडौँ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन । बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएका ४७ वर्षीया सीता धिताल कँडेलको गत चैत ३१ गते शव फेला परेको थियो । उहाँको चैत २७ गते हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । विभत्स तरिकाले हत्या गरिएको कँडेलको शव कोठाको पलाङको प्लाईभित्र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो । शव पलाङ भित्र रहेपनि कोठाको चापी लगाएको भेटिएको थियो । तर घटना भएको करिब एक महिना बित्न लाग्दा पनि प्रहरीले सो घटनाको हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रहरीका अनुसार सीताको हत्या नै भएको पोष्टमार्टमबाट समेत खुलेको छ । प्रहरीले हत्याराको पहिचान भइसकेको र आवश्यक सबै प्रक्रिया अघि बढाएको बताएको पनि धेरै भइसकेको छ । तर अभियुक्त पक्राउ पर्न नसक्दा घटना झनै रहस्यमय बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले अहिलेसम्म हत्यामा संलग्न अभियुक्त पक्राउ नपरेको र अनुसन्धान जारी रहेको बताउनुभयो । प्रहरीले सीतासँग राम्रो चिनजान भएका र नजिककाहरुसँग सोधखोज गरे पनि शङ्कास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरिहेको छ । हत्यापछि घरभित्रै शव राखेर ढोकामा ताला लगाएका कारण हत्यारा योजनाका साथ आएको हुनसक्ने प्रहरी अनुमान छ ।

घटना भएको दिन एक युवक सीताको घरमा आएको सिसिटिभी क्यामरामा देखिएको प्रहरी अनुसन्धानमा भेटिएको छ । सो व्यक्तिसँग सीताको केही कारोबार रहेको बताइन्छ । आशङ्का गरिएका ती युवकको मोवाइल अफ रहेको र घरपरिवार नातागोतामा समेत सम्पर्कमा नरहेकाले अनुसन्धान उनिमाथि केन्द्रित रहेको प्रहरी भनाइ छ । तराई तिरका ति युवक घटनापछि बेपत्ता रहेको र छिमेकी देश भारततर्फ गएको हुनसक्ने प्रहरी अनुमान छ । नाम सार्वजनिक गर्दा अभियुक्त झनै भाग्न सक्ने भएकाले गोप्य राखिएको प्रहरी प्रमुख बोहोराले बताउनुभयो । कँडेल घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोरा बुहारी अस्ट्रेलिया हुनुहुन्छ । लामो समयदेखि आमासँग सम्पर्क नभएपछि उहाँका छोरा अभिनास कँडेलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए । खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी आएर घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...