दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित

Published on

काठमाडौँ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित हुनुभएको छ । गत डिसेम्बर ३ मा संसदमा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोगपछि निलम्बित युनलाई गत महिना औपचारिक रूपमा पदबाट हटाइएको थियो । उहाँ दक्षिण कोरियाको इतिहासमा पदमा रहेकै समय पक्राउ पर्ने पहिलो राष्ट्रप्रमुख बन्नुभएको थियो । यद्यपि, पछि उहाँलाई प्रक्रियागत आधारमा रिहा गरिएको थियो । युनलाई सियोलको अदालतले सुनुवाईमा उपस्थित हुन आदेश दिएको थियो र भूमिगत पार्किङ स्थलबाट प्रवेश गर्ने उहाँको अधिकार खोसिएको थियो । यसको अर्थ उहाँले पहिलो पटक मिडिया स्क्रम (पत्रकारको प्रश्नको सामना गर्नुपर्ने) व्यवस्था भएको थियो ।

सुट र रातो टाईमा सजिएका युन अदालतमा उपस्थित हुँदा पत्रकारको कुनै पनि प्रश्नको जवाफ नदिई अगाडि बढ्नुभएको थियो । यसअघिका सुनुवाइमा पूर्व राष्ट्रपतिले ९० मिनेटभन्दा बढी बाल्नुभएको थियो र आफूले विद्रोह गरेको कुरा अस्वीकार गर्नुभएको थियो । सन् १९७९ मा भएको ‘कू’ मा दुई जना सैन्य नेतापछि विद्रोहको लागि दोषी ठहरिने युन दक्षिण कोरियाका तेस्रो राष्ट्रपति हुनेछन् । विद्रोहको अभियोगमा युनलाई आजीवन काराबास वा अधिकतम सजाय वा मृत्युदण्डको सजाय हुन सक्छ । दक्षिण कोरियामा सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाइएको छ त्यसैले उहाँलाई मृत्युदण्डको सजाय हुने सम्भावना कम छ । मे महिनाको सुरुमा अभियोजनकर्ताहरूले युनलाई सैनिक कानुन (मार्शल ल) को घोषणालाई लिएर शक्तिको दुरुपयोग गरेको अभियोगमा बिना नजरबन्द अभियोग लगाएको थियो ।

पूर्व प्रथम महिलाका लागि ठुलो उपहार लिएको आरोपमा उहाँकी पत्नी किम किओन ही र एक मध्यस्थको संलग्नता रहेको आरोपमा अनुसन्धानको क्रममा अनुसन्धानकर्ताहरूले सोलस्थित युनको निजी निवासमा छापा मारेको एक दिनपछि यो अभियोग लगाइएको हो । आइतबार युनको पार्टी, सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी)ले पूर्व श्रममन्त्री किम मुन–सोलाई आफ्नो राष्ट्रपतिको उम्मेदवारको रूपमा दर्ता गरेको थियो । युनले फेसबुकमा लेख्नुभएको छ, “जुन ३ को चुनाव दक्षिण कोरियाको उदार लोकतान्त्रिक प्रणालीका लागि जीवन मरणको विषय हो ।” “नागरिकहरू, विशेष गरी हाम्रो युवा पुस्ता जसले स्वतन्त्रताको कदर गर्छन्, म तपाईंहरूलाई फेरि एक पटक हाम्रो साथमा उभिन आग्रह गर्दछु,” ६४ वर्षीय युनले लेख्नुभएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...