इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

Published on

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु भएको छ। यो बहस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सुरु गरेका हुन्। उनले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको शासनमाथि प्रश्न उठाउँदै, ‘यदि अहिलेको सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने?’ भनी लेखेका छन्। उनले ‘MIGA’ (Make Iran Great Again) भन्ने नारा पनि प्रयोग गरेका छन्।

खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता छन्। यसअघि १९७९ मा भएको इस्लामिक क्रान्तिले राजतन्त्रको अन्त्य गरी आयातुल्लाह रुहोल्लाह खामेनीको नेतृत्वमा इस्लामिक गणतन्त्र स्थापना भएको थियो।

भारतका एक विशेषज्ञले बीबीसीलाई भनेअनुसार, अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम रोक्न भन्दा पनि खामेनीलाई सत्ताबाट हटाउने लक्ष्य राखेका छन्। ट्रम्पका भनाइले पनि यही संकेत गर्छ।

शनिबार राति अमेरिका र इजरायलले इरानका फोर्दो, नतान्ज र एस्फाहनमा रहेका परमाणु केन्द्रमा आक्रमण गरेका थिए। अमेरिका आक्रमण सफल भएको दाबी गरिरहेको छ भने इरानले त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...