सौर्य एयरलाइन्स दुर्घटनाः पीडित परिवारद्वारा न्यायिक छानबिनको माग, आयोगको प्रतिवेदनमाथि प्रश्न

Published on

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको एक वर्षपछि सार्वजनिक भएको छानबिन प्रतिवेदनप्रति पीडित परिवारहरूले गम्भीर असन्तुष्टि जनाएका छन् ।

सरकारले रतिशचन्द्र लालको अध्यक्षतामा गठन गरेको पाँच सदस्यीय छानबिन आयोगले गत शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटनाको केही पक्षलाई “अपराध” का रूपमा स्वीकार गरे पनि समग्र सत्यतथ्य र जिम्मेवार पक्षको पहिचान गर्न नसकेको भन्दै पीडितहरूले न्यायिक जाँच आयोग गठनको माग गरेका हुन् ।

तीन सन्तान गुमाएका प्रकाश खतिवडाले वक्तव्य जारी गर्दै भने, “सौर्य एयरलाइन्स कम्पनीको जानाजानको लापरवाही, पाइलटको अक्षम्य गल्ती र नियामक निकायको गम्भीर त्रुटिकै कारण १८ निर्दोष नागरिकको ज्यान गएको हो । तर आयोगको प्रतिवेदनले घटनाको गहिराइमा पुग्न सकेन, बरु पीडितका लागि अन्यायपूर्ण बन्यो ।”

खतिवडाले प्रतिवेदनमा समावेश न गरिएको संवेदनशील विवरणहरू उल्लेख गर्दै थपे, “३४ दिनसम्म थन्किएको बिग्रिएको जहाज मर्मत नगरी उडान गरिएको, पोखरामा मर्मत गरिने नाममा फेरि काठमाडौं ल्याइएको, मर्मतको उडानमा नै यात्रु बोकिएको, चार वर्षका बालकलाई समेत कर्मचारी देखाइएको यथार्थ छ, तर प्रतिवेदनले यी कुरालाई छोएन ।”

उनले आयोगको गठन प्रकृयालाई नै विधिविपरीत भन्दै आयोग सदस्यहरूको योग्यता पनि नियमानुसार नभएको दाबी गरे । “प्रारम्भिक र अन्तिम प्रतिवेदनबीच तथ्यगत अन्तर रहेको छ, जुन गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ अनुसार पुनः छानबिनको कानुनी आधार हो,” खतिवडाले बताए ।

पीडितले प्रतिवेदनमा बीमा, क्षतिपूर्ति र पीडितका पीडाबारे मौनता अपनाइएको भन्दै सरकारसँग कानुनी स्पष्टता र न्यायको माग गरेका छन् ।

यस घटनाले हवाई सुरक्षा, नियमन, नियामक निकायको प्रभावकारिता र निजी एयरलाइन्सको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ । यता सरकार र नागरिक उड्डयन प्राधिकरणले भने अहिलेसम्म पीडितहरूको माग र प्रतिवेदनप्रति प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

पीडित परिवारहरूको निरन्तर दबाबले अब सरकारले पुनः छानबिन गर्नेछ वा प्रतिवेदनमै टुंग्याउनेछ भन्ने बहस चुलिएको छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...