फिलिपिन्समा आँधी र बाढीले कम्तीमा ३० जनाको ज्यान गयो, लाखौँ प्रभावित

Published on

मनीला – फिलिपिन्समा हालैको आँधीसँगै आएको अविरल वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (NDRRMC) का अनुसार तीमध्ये १३ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले परिषद्लाई उद्धृत गर्दै सात जना अझै हराइरहेका जनाएको छ। ती मध्ये केही एक्कासी आएको बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ।

विपद्का कारण हालसम्म झन्डै १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्। प्रभावित क्षेत्रहरूमा घर–आवास, खानेपानी, यातायात र बिजुलीजस्ता पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ।

फिलिपिन्सको मौसम विज्ञान विभागका अनुसार लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेको छ।

प्रत्येक वर्ष आँधीबेहरीले ठूलो क्षति पुर्‍याउने गरेको फिलिपिन्समा अहिले पनि उद्धार र राहत कार्य तीव्र पारिएको जनाइएको छ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...