वीरगञ्जमा हैजा फैलिँदै, ११४ जनामा पुष्टि

Published on

काठमाडौं । वीरगञ्जमा गत शुक्रबारदेखिको हैजा संक्रमण फैलिँदै गएको छ। मंगलबार साँझसम्म ११४ जनामा हैजा पुष्टि भएको पर्सा स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म ४२२ बिरामी अस्पताल भर्ना भएका छन्, जसमा १९९ जना उपचाररत छन् भने २२३ जना डिस्चार्ज भइसकेका छन्।

नारायणी अस्पतालमा सबैभन्दा धेरै १०७ बिरामी उपचारमा छन्। दूषित पानीका कारण हैजा फैलिएको आशंकामा पानीको नमुना परीक्षण भइरहेक‍ो छ। हालसम्म परीक्षण गरिएका १० मध्ये ८ नमुनामा हैजा पुष्टि भएको छ।

संक्रमण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले विद्यालय थप तीन दिनका लागि बन्द गरेको छ। साथै, सहरभर औषधि छर्ने अभियान पनि सुरु गर्ने तयारी भएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...