भोजपुरको साम्के र तामालुङमा व्यावसायिक स्याउखेती

Published on

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो ।विदाको मौका छोपी मुस्ताङ पुग्नुभएका ढकालसँगै गएका पाँचजनाले केन्द्रलाई २ सय रुपियाँ राजस्व बुझाएर स्याउ बारीमा भिडियो, फोटो खिच्ने र आफुँले अघाउन्जेल स्याउ खाएर फर्किनुभयो । कृषि र पर्यटन प्रवद्र्धनका लागि केन्द्रले बगैँचामा पसेर स्याउ टिप्ने खाने मेलामा मुस्ताङ घुम्न गएका नेपाली मात्र होइन, विदेशी समेत स्याउ ‘टिप्ने खाने’ मेलामा सहभागी भएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । केन्द्र प्रमुख आत्रेयले भन्नुभयो, ‘‘स्याउ बारीमा रमाउन चाहने पर्यटकलाई लक्षित गरी सुरू गरेको मेलामा उत्साहजनक सहभागिता छ । यसले स्याउको महत्व झन बढेको छ ।’’

मुस्ताङमा निजी फार्ममा पर्यटकलाई सहजै गएर स्याउ टिप्न तथा प्रयोग गर्न समस्या हुने गरेको अवस्थामा सरकारी फार्मले मेला सञ्चालन गरेपछि पर्यटकलाई सहज भएको केन्द्रले जनाएको छ । गतबर्षको तुलनामा यस बर्ष जेन्सी आन्दोलन तथा बेनी–जोमसोम सडक खण्डमा हुने अवरुद्धलगायतको कारण पर्यटकको चाप असोजको पहिलो सातासम्म निकै कम रहे पनि स्याउ बारीमा रमाउनेहरूले आगामी दिनमा पनि मेलालाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई स्याउको बिरुवा रोपनदेखि फल टिप्ने बेलासम्मको सबै जानकारी दिने गरिएको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो । मेलामा स्याउ बगैँचामा केन्द्रले तोकेको नियमअनुसार पर्यटकले स्याउ टिप्ने र खाने सुविधाका साथै विशेष सावधानी अपनाएर स्याउ टिप्नु पर्ने र बोटमा कुनै क्षति भएमा सम्बन्धित व्यक्तिले एक हजार जरिवाना तिर्नुपर्ने नियम तोकिएकाले बोटमा क्षति नभएको केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय ८ सय ३० हेक्टर, उच्च घनत्वको स्याउ खेती ६० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...