शिक्षक हित साकोसको भवन शिलान्यास

Published on

काठमाडौं । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास गरिएको छ । आइतबार संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर एक तले भवन शिलान्यास गरिएको हो । भवन शिलान्यास विधिवत रुपमा पूजाआजा गरी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जगमा इटा राखेर गर्नुभएको थियो । भवन शिलान्यास गर्दै नगरप्रमुख तामाङले भवन निर्माणका लागि नगरपालिकाको आउने बजेटबाट १० लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।साथै उहाँले भवन निर्माणका लागि आवश्यक व्यक्तिगत पहल कदमी समेत गर्ने बताउनुभयो । उक्त भवन धनकुटा नगरपालिका–४, देव्रेवासस्थित लोकसेवा छेउमा आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । दश आना जग्गमा करिब ५० लाख रुपियाँ लागतमा एक तले भवन निर्माण गर्न लागिएको शिक्ष हित वचत तथा ऋण सहकरी संस्था लि. धनकुटाका अध्यक्ष रामचन्द्र गुरागाईंले जानकारी दिनुभयो।

उहाँका अनुसार एक हजारभन्दा बढी सदस्य रहेको संस्थामा करिब १० लाख बराबर पुँजी रहेको बताउनुभयो । २०६६ सालमा स्थापित भएको संस्था हाल भाडामा सञ्चालन हुँदै आएकाले थप समस्या बढ्दै गएकाले व्यवस्थित ढङ्गले अगाडी बढाएर लैजान भवन निर्माण गर्न लागिएको जनाइएको छ । वित्तिय संस्थाहरुको आफ्नै भवन भयो भने विश्वसनियता बढ्ने र आफ्नै भवन हुँदा कार्यालय सञ्चालना सहजात हुने भाडा तिर्नुपर्ने पैसा जोगिने र संस्था सञ्चालमा सहजता हुने संस्थाका सचिव रविन्द्र न्यौपानेले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...