काठमाडौं। सडक स्तरीय नहुँदा स्थानीय तथा यात्रु वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। मोटरसाइकलले सजिलै गुड्न नसक्ने, जिप लिएर यात्रा गर्दा पनि हैरानी हुने अवस्था छ। छोटो दुरीको यात्रामा समेत बढी भाडा तिर्नुपर्ने बाध्यता छ भने पर्यटन प्रवर्द्धनमा पनि ठूलो चुनौती बनेको छ।
काम ढिलो भएकोबारे नगरपालिका र वडा कार्यालयहरूले पटक–पटक चासो देखाए पनि ठेक्का पूर्वाधार विकास मन्त्रालयमार्फत भएकाले यथार्थ जानकारी दिन नसकेको नगर इन्जिनियरले बताएका छन्। केही स्थानमा ग्याबिन बुन्ने र पर्खाल लगाउने काम भए पनि अधिकांश खण्ड हिलाम्मे छ। स्थानीयले सुरुमा आशा गरेजस्तो काम अघि नबढ्दा फेरि निराश बनेका छन्।
रायडाँडा विशेष क्षेत्रमा सूचीकृत भए पनि सडक सुविधा अभावले अन्य सेवा–सुविधा विस्तारमा समेत अवरोध भएको वडाध्यक्षले बताएका छन्। होटल व्यवसायी तथा स्थानीयले हरेक वर्ष आवागमनमा कठिनाइ भोग्नुपर्ने, पर्यटक ल्याउन पनि समस्या पर्ने गुनासो गरेका छन्।
काठमाडौं । सम्झौता भएको दुई वर्ष पुग्न लाग्दा पनि बागलुङको अदालतचौपारीदेखि गौडाकोट, तित्याङ–हुतित्याङ हुँदै रायडाँडा जाने सडक कालोपत्रे हुन सकेको छैन। २०८० चैत १६ मा बिडारी निर्माण सेवासँग करिब ३१ करोड ९६ लाख रुपैयाँमा सम्झौता गरी दुई वर्षभित्र १५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। सुरुवाती काम केही भए पनि ६ महिनापछि ठेकेदारले ढिलाइ गर्न थालेपछि अहिले सडक जिर्ण अवस्थामा छ।
सडक स्तरीय नहुँदा स्थानीय तथा यात्रु वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। मोटरसाइकलले सजिलै गुड्न नसक्ने, जिप लिएर यात्रा गर्दा पनि हैरानी हुने अवस्था छ। छोटो दुरीको यात्रामा समेत बढी भाडा तिर्नुपर्ने बाध्यता छ भने पर्यटन प्रवर्द्धनमा पनि ठूलो चुनौती बनेको छ।
काम ढिलो भएकोबारे नगरपालिका र वडा कार्यालयहरूले पटक–पटक चासो देखाए पनि ठेक्का पूर्वाधार विकास मन्त्रालयमार्फत भएकाले यथार्थ जानकारी दिन नसकेको नगर इन्जिनियरले बताएका छन्। केही स्थानमा ग्याबिन बुन्ने र पर्खाल लगाउने काम भए पनि अधिकांश खण्ड हिलाम्मे छ। स्थानीयले सुरुमा आशा गरेजस्तो काम अघि नबढ्दा फेरि निराश बनेका छन्।
रायडाँडा विशेष क्षेत्रमा सूचीकृत भए पनि सडक सुविधा अभावले अन्य सेवा–सुविधा विस्तारमा समेत अवरोध भएको वडाध्यक्षले बताएका छन्। होटल व्यवसायी तथा स्थानीयले हरेक वर्ष आवागमनमा कठिनाइ भोग्नुपर्ने, पर्यटक ल्याउन पनि समस्या पर्ने गुनासो गरेका छन्। गोरखापत्र