बाँकेमा ६ महिनामा २७० फरार प्रतिवादी पक्राउ, तीन करोड ३५ लाख जरिवाना असुली

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत ६ महिनाको अवधीमा अदालतले विभिन्न मुद्दामा सजाय र जरिवानाको फैसला सुनाएपनि हालसम्म फरार रहेका २७० जना फरार प्रतिवादीलाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ । पक्राउ परेका फरार प्रतिवादीहरुबाट तीन करोड ३५ लाख ३४ हजार ४९८ रुपियाँ जरिवाना समेत असुल गरिएको उहाँले बताउनुभयो ।पक्राउ परेकाहरुमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको पाइएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही अवधिमा बाँके जिल्लामा कूल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पनि पक्राउ गरेर कानुनी कारवाही गरिएको सो कार्यालयले जनाएको छ । सोही प्रकारले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत गत ६ महिनामा प्रहरीले जिल्लामा २१२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद लागुऔषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउन सुगर, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४ हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। लागु औषधसहित पक्राउ पर्नेमा १९१ पुरुष, नौ महिला र १२ भारतीय नागरिक रहेका छन् । यसैगरी गत ६ महिनामा ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । सोही प्रकारले ट्राफिक कारबाहीतर्फ गत ६ महिनामा जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै एक करोड २७ लाख १९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।  त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै छ लाख २५ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...