बाँकेमा ६ महिनामा २७० फरार प्रतिवादी पक्राउ, तीन करोड ३५ लाख जरिवाना असुली

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत ६ महिनाको अवधीमा अदालतले विभिन्न मुद्दामा सजाय र जरिवानाको फैसला सुनाएपनि हालसम्म फरार रहेका २७० जना फरार प्रतिवादीलाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ । पक्राउ परेका फरार प्रतिवादीहरुबाट तीन करोड ३५ लाख ३४ हजार ४९८ रुपियाँ जरिवाना समेत असुल गरिएको उहाँले बताउनुभयो ।पक्राउ परेकाहरुमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको पाइएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही अवधिमा बाँके जिल्लामा कूल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पनि पक्राउ गरेर कानुनी कारवाही गरिएको सो कार्यालयले जनाएको छ । सोही प्रकारले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत गत ६ महिनामा प्रहरीले जिल्लामा २१२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद लागुऔषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउन सुगर, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४ हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। लागु औषधसहित पक्राउ पर्नेमा १९१ पुरुष, नौ महिला र १२ भारतीय नागरिक रहेका छन् । यसैगरी गत ६ महिनामा ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । सोही प्रकारले ट्राफिक कारबाहीतर्फ गत ६ महिनामा जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै एक करोड २७ लाख १९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।  त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै छ लाख २५ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...