गजा युद्ध अन्त्य गर्न ट्रम्पको पहल, हमास बन्धक रिहाइमा सहमत

Published on

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गजामा युद्ध अन्त्य गर्ने प्रस्ताव अघि सारेपछि हमासले पहिलो चरणमा बन्धक रिहा गर्न सहमति जनाएको छ। हमासले ट्रम्पको २० बुँदे योजनामा औपचारिक प्रतिक्रिया दिँदै बन्धक र मृतकको शव फिर्ता गर्न तयार भएको जनाएको हो।

ट्रम्पले इसराइललाई गजामा बमबारी तुरुन्त रोक्न आग्रह गर्दै, हमासलाई निरस्त्रीकरण, बन्धक-वैदी आदानप्रदान, इसराइली सेनाको फिर्ती र संक्रमणकालीन सरकार गठनजस्ता प्रस्ताव राखेका छन्। योजना अनुसार गजाको पुनर्निर्माणका लागि बोर्ड गठन गरिनेछ, जसको नेतृत्व ट्रम्पले गर्नेछन् भने टोनी ब्लेयर समेत सो बोर्डमा रहनेछन्।

यस योजनामा साउदी अरेबिया, युएई, कतार, इजिप्टलगायत मुस्लिम देशहरूको समर्थन रहेको जनाइएको छ। यद्यपि हमासले अझै केही बुँदामा सहमति नजनाए पनि पहिलो चरण अन्तर्गत सहकार्य गर्न तयार देखिएको छ।

गजामा २२ महिनादेखि जारी युद्धका क्रममा हजारौं प्यालेस्टिनीको ज्यान गएको छ। इसराइली कारबाहीको आलोचना अन्तर्राष्ट्रिय रूपमा बढ्दो छ। फ्रान्स, बेलायत, क्यानडा, अस्ट्रेलियालगायत देशले हालै प्यालेस्टाइनलाई राज्यको मान्यता दिइसकेका छन्।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...