महिला टी–२० सिरिज : नेपालको सानदार जित, मलेसियासँग सिरिज १–१ को बराबरीमा

Published on

नेपालले मलेसियासँग जारी पाँच खेलको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा ६ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा पुर्‍याएको छ। पहिलो खेल गुमाएको नेपाल यो जितसँगै सिरिजमा पुनः फर्किएको हो।

क्वालालम्पुरको बायुमास क्रिकेट ओभलमा शनिबार सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनायो। मलेसियाका लागि ओपनर आइना हमिज हसिमले ६३ बलमा ५ चौकासहित अविजित ५० रनको अर्धशतक बनाइन्, जुन उनको पहिलो टी–२० अर्धशतक हो।

९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खेलको सुरुवातमै दुई बलभित्र दुई विकेट गुमाएर दबाबमा परेको थियो। तर, पूजा महतो र कप्तान इन्दु बर्माको संयमित ब्याटिङले नेपाललाई जित दिलायो। पूजा महतोले ३९ बलमा ३९ रन बनाउँदै इनिङ सम्हालिन् भने कप्तान इन्दु बर्माले २१ बलमा नटआउट २७ रन बनाउँदै अन्तिममा विजयी चौका प्रहार गरिन्।

नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर ९३ रन पूरा गर्दै सहज जित हात पार्‍यो।

अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ, जुन दुबै टोलीका लागि निर्णायक बन्न सक्छ।

spot_img

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...