पहिरोमा पुरिएर इलाममा १४ जनाको ज्यान गएको आशङ्का

Published on

काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो ।

प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्।

जिल्लाभर उद्धार कार्य जारी छ । बाढी पहिरोले सूर्योदय नगरपालिका –१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका –१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा १ जना, देउमाई –५ धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा १ जना र इलाम नगरपालिकाको घोसगाउँमा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ । कतिपय स्थानमा प्रहरी पुग्न सकेको छैन । पहिरोले सडक अवरुद्ध भएपछि प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय इलाममा सुरक्षा समितिको बैठक बसेको जानकारीमा आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...