एरिकालाई कराँते वान सिरिजमा स्वर्ण

Published on

काठमाडौं । नेपालकी एरिका गुरुङले शुक्रबार कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्नुभएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता अन्तर्गत ६८ केजीमाथिको स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० हराउनुभयो । यसअघि उहाँले प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो ।

एरिकाले कुशल श्रेष्ठको प्रशिक्षकत्वमा खेल्नुभएको हो । सो प्रतियोगितामा नेपालकी तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ । चार महिनाअघि एरिका गुरुङले विश्व कराँतेको सबैभन्दा कठिन मध्येको कराँते–१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । उहाँ १९ औँ एसियाली खेलकुदमा रजत पदक जितेर चर्चामा आउनुभएको थियो । त्यसपछि उहाँले २० औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत जितेर इतिहास बनाउनुभयो ।

प्रशिक्षक श्रेष्ठले एरिकाको स्वर्ण नेपालीलाई दसैँको उपहार भन्नुभयो । यसै गरी उहाँले भन्नुभएको छ, “सपना पूरा भएको छ । अब म हामीसँग पनि विश्व विजेता कराँते खेलाडी छ भनेर भन्न सक्छु । एरिका, नेपाली कराँते र नेपाललाई बधाई छ ।”गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...