महिला टी–२० क्रिकेट शृङ्खलाः नेपाल तेस्रो खेलमा मलेसियासँग १३ रनले पराजित, शृङ्खलामा २–१ ले पछि

Published on

काठमाडौं, असोज २० – मलेसियामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल आइतबार घरेलु टोली मलेसियासँग १३ रनले पराजित भएको छ। यस हारसँगै पाँच खेलको शृङ्खलामा मलेसिया २–१ को अग्रता लिएको छ।

पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो भने दोस्रो खेलमा नेपालले ६ विकेटले जित्दै शृङ्खला बराबरीमा ल्याएको थियो। अब नेपाललाई शृङ्खला जित्न बाँकी दुई खेल – मङ्गलबार र बुधबार – अनिवार्य जित्नुपर्ने भएको छ।

तेस्रो खेल क्वालालम्पुरको वायुमास ओभलमा सम्पन्न भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनायो। जवाफमा नेपाल ८ विकेट गुमाउँदै १०७ रनमै सीमित रह्यो।

नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाउँदै सुरुआत राम्रो गरेकी थिइन्। उनले सम्झना खड्कासँग पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेकी थिइन्। सम्झनाले १८ रन बनाइन्। तर, रनआउटको ठूलो संख्याले नेपाललाई दबाबमा राख्यो। सम्झना, रुबीसहित ६ खेलाडी रनआउट भए, जुन हारको मुख्य कारण बन्यो।

अन्य खेलाडीमध्ये कविता कुँवरले १५, कविता जोशीले ६, यशोधा विष्टले ७, सुमन विष्टले ३, पूजा महतोले २ रन बनाइन् भने रुविना क्षेत्री खाता खोल्न नसकी आउट भइन्। कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन्।

बलिङतर्फ मलेसियाका लागि नुर दानिया स्युहादा र आइसा एलिसा फिरदोजले एक/एक विकेट लिएका थिए।

यसअघि, मलेसियाका लागि ओपनर आइना हमिजा हासिमले ५८ बलमा ५ चौका सहित उत्कृष्ट ६१ रन बनाइन्। मास एलिसाले ३० रनको योगदान दिइन्। नेपालका लागि कविता कुँवर र कविता जोशीले समान २–२ विकेट लिए।

अलराउन्ड प्रदर्शन गरेकी आइना हमिजा हासिम ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। उनले ब्याटिङमा अर्धशतक बनाउनुका साथै बलिङमा चार ओभरमा २१ रन मात्र दिइन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...