महिला टी–२० क्रिकेट शृङ्खलाः नेपाल तेस्रो खेलमा मलेसियासँग १३ रनले पराजित, शृङ्खलामा २–१ ले पछि

Published on

काठमाडौं, असोज २० – मलेसियामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल आइतबार घरेलु टोली मलेसियासँग १३ रनले पराजित भएको छ। यस हारसँगै पाँच खेलको शृङ्खलामा मलेसिया २–१ को अग्रता लिएको छ।

पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो भने दोस्रो खेलमा नेपालले ६ विकेटले जित्दै शृङ्खला बराबरीमा ल्याएको थियो। अब नेपाललाई शृङ्खला जित्न बाँकी दुई खेल – मङ्गलबार र बुधबार – अनिवार्य जित्नुपर्ने भएको छ।

तेस्रो खेल क्वालालम्पुरको वायुमास ओभलमा सम्पन्न भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनायो। जवाफमा नेपाल ८ विकेट गुमाउँदै १०७ रनमै सीमित रह्यो।

नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाउँदै सुरुआत राम्रो गरेकी थिइन्। उनले सम्झना खड्कासँग पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेकी थिइन्। सम्झनाले १८ रन बनाइन्। तर, रनआउटको ठूलो संख्याले नेपाललाई दबाबमा राख्यो। सम्झना, रुबीसहित ६ खेलाडी रनआउट भए, जुन हारको मुख्य कारण बन्यो।

अन्य खेलाडीमध्ये कविता कुँवरले १५, कविता जोशीले ६, यशोधा विष्टले ७, सुमन विष्टले ३, पूजा महतोले २ रन बनाइन् भने रुविना क्षेत्री खाता खोल्न नसकी आउट भइन्। कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन्।

बलिङतर्फ मलेसियाका लागि नुर दानिया स्युहादा र आइसा एलिसा फिरदोजले एक/एक विकेट लिएका थिए।

यसअघि, मलेसियाका लागि ओपनर आइना हमिजा हासिमले ५८ बलमा ५ चौका सहित उत्कृष्ट ६१ रन बनाइन्। मास एलिसाले ३० रनको योगदान दिइन्। नेपालका लागि कविता कुँवर र कविता जोशीले समान २–२ विकेट लिए।

अलराउन्ड प्रदर्शन गरेकी आइना हमिजा हासिम ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। उनले ब्याटिङमा अर्धशतक बनाउनुका साथै बलिङमा चार ओभरमा २१ रन मात्र दिइन्।

spot_img

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...