बीपी राजमार्गको क्षतिग्रस्त खण्ड छिटो सञ्चालनमा ल्याउन मन्त्री घिसिङको निर्देशन

Published on

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीले क्षति पु¥याएको बीपी राजमार्गको चौकीडाँडा खण्ड छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ।

सङ्घीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशसँग जोड्ने यो राजमार्ग अत्यन्तै महत्वपूर्ण “लाइफ लाइन” भएकाले यसको पुनः सञ्चालनलाई प्राथमिकता दिनुपर्ने मन्त्री घिसिङको भनाइ छ। रोशी खोलाले सडक बगाएपछि अनुगमनका लागि घटनास्थल पुग्नुभएका मन्त्री घिसिङले सडक विभागका अधिकारी तथा निर्माण व्यवसायीलाई तत्काल डाइभर्सनमार्फत सडक सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो।

उहाँसँगै मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतको टोलीले चौकीडाँडालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।

बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रूपमा बगाएपछि अहिले अस्थायी डाइभर्सन निर्माण गरी आवागमन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

यसअघि पनि गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। ती क्षतिग्रस्त भागमध्ये केही खण्डको पुनर्निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ भने केही खण्ड अन्तिम सम्झौता प्रक्रियामा छन्।

spot_img

ताजा समाचार

बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले...

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

काठमाडौं । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व...

खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली...

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...