कुशल भुर्तेलको अर्धशतक र बलरको प्रभावशाली प्रदर्शनमा नेपाल विजयी

Published on

काठमाडौं — कुशल भुर्तेलको अर्धशतक र नेपाली बलरहरूको कसिलो प्रदर्शनको मद्दतले नेपालले आइसिसी टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

बुधबार राति ओमानको अल अमिरातस्थित क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सुपर सिक्स चरण प्रवेशको सम्भावना बलियो बनाएको हो।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेत १८.१ ओभरमै ८३ रनमा समेटियो।

कुवेतका ओपनर क्लिन्टो एन्टोले २६, यासिन पटेलले १९ र मीत भाब्सारले ११ रन बनाए। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे।

नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले समान दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट झारे।

यसअघि नेपालका ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १९ बलमा २० रन र कप्तान रोहित पौडेलले १६ रनको योगदान गरे।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले दुई–दुई विकेट तथा मोहम्मद आकिफ फरुकले एक विकेट लिएका थिए।

प्रतियोगितामा नौ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’मा पुग्नेछन्। त्यसपछि सुपर सिक्सको शीर्ष तीन टोलीले भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने आगामी वर्षको आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन्।

नेपालले अब समूह चरणको दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...