‘नागरिकका लागि हुलाक : स्थानीयन सेवा, विश्वव्यापी पहुँच’

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तारसँगै हुलाक सेवालाई आधुनिक प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै जानु आजको मुलभूत आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार १५१ औँ हुलाक दिवस २०२५ को शुभकामना सन्देश जारी गर्नुहुँदै सञ्चारमन्त्री खरेलले सो कुरा बताउनुभएको हो ।

सञ्चारमन्त्री खरेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘‘सूचना तथा सञ्चारको पूरानो तथा भरपर्दो माध्यकका रुपमा रहेको हुलाक सेवा सञ्चार र सूचना प्रविधिको विकास एवम् विस्तारसँगै विस्तारै ओझेलमा पर्न थालेकाले परम्परागत चिठीपत्रका अलावा विश्वको हुलाक सेवा क्रमशः व्यावसायिक तथा व्यापारिक सेवातर्फ अगाडि बढिरहेको छ ।’’

उहाँले नेपालको सङ्घीय संरचना अनुसार पुनर्संरचना भई सबै स्थानीय तहसम्म पहुँच भएको सङ्घीय संरचनाको सबैभन्दा ठूलो संयन्त्र रहेको हुलाक सेवालाई समयानुकूल आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

यसैगरी, सञ्चार सचिव राधिका अर्यालले नेपाल सरकारले आफ्नो नीति कार्यक्रम तथा बजेटमा हुलाक सेवालाई स्मार्ट हुलाक बनाई यसका पूर्वाधारहरुलाई विद्युतीय व्यपारमा आबद्ध गर्नेगरी कार्य प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हुलाक सेवा नेपालको सङ्घीय संरचना अनुसार पुनर्संरचना भई सबै स्थानीय तहसम्म पहुँच भएको सङ्घीय संरचनाको सबैभन्दा ठूलो संयन्त्रको रुपमा रहेको जानकारी दिनुभयो ।

विभागका महानिर्देशक पंगेनीले भन्नुभयो, ‘‘हुलाक सेवा विपद् एवम् सङ्कटमा परेको अवस्थामा हुलाककर्मीले हात दिई जोगाएको अवस्था छ, सरकारी संरचनामा जोखिम आइलाग्दा हुलाककर्मीले आफ्नो ज्यान जोमिममा पारी बचाएको गौरवगाथा इतिहासले सम्झने छ साथै हुलालाई मनमुटुमा राखी सम्भावित क्षतिबाट जोगाइदिने समुदायप्रति आभारको शब्दपुष्प सधैँ अर्पण गरिरहनेछ ।’’

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् ।

यसैबिच, विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्‍याएको बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...