दाङमा जुवा खेल्दै गरेका १२ जना पक्राउ, एक लाख ८८ हजार नगद बरामद

Published on

काठमाडौं, दाङको घोराहीस्थित एक लजमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई बुधबार मध्यराति राप्ती सुपर लजमा छापा मारेर नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो।

पक्राउ परेकाहरूको साथबाट एक लाख ८८ हजारभन्दा बढी नगदसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र घोराही–१४ का विष्णु गुप्ता रहेका छन्। त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६ का सुरेन्द्र हमालसमेत पक्राउ परेका छन्।

घटनास्थल राप्ती सुपर लजका म्यानेजर सुरज पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

डिएसपी शाहका अनुसार केही व्यक्तिहरूले पक्राउ परेकालाई छुटाउने प्रयास गरे पनि प्रहरीमा त्यसबारे कुनै दबाब स्वीकार गरिएको छैन।

प्रहरी स्रोतका अनुसार जुवातास सम्बन्धी उजुरी तथा आलोचना बढेपछि प्रहरी सक्रिय बनेको हो। गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले मध्यरातिमा छापा हानी पक्राउ गरेको हो।

हाल पक्राउ परेकाहरूलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...