तिहारमा परदेशी दाजुभाइको याद: भिडियो कलमा सीमित आत्मीयता

Published on

काठमाडौं, तिहार नजिकिँदै गर्दा विदेशिएका दाजुभाइको सम्झनाले थुप्रै दिदीबहिनीको मन भारी बन्ने गरेको छ। आँगनमा मखमली फूल फुल्दा, मलामा सिउरिँदा, अनि देउसी–भैलोको धुन बज्दा उनीहरूलाई टाढिएका आफन्तको झनै अभाव महसुस हुन्छ।

बौद्ध जोरपाटीकी सुमना बेल्वासेका लागि तिहार दाजुको स्मृतिसँग जोडिएको छ। उहाँका दाजु चार वर्षदेखि कोरियामा रोजगारीमा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “दाइ हुँदा यी सबै मखमली टिपेर गलाभरि पहिरिदिन्थे।” घर खर्च धान्ने दाजुको भूमिकाले तिहारको अर्थ झनै गहिरो बनाएको उहाँ बताउनुहुन्छ।

ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले पनि विगत तीन वर्षदेखि तिहारको दिन भिडियो कलबाट भाइसँग संवाद गर्दै आउनुभएको छ। “डिजिटल माध्यम नभएको भए त त्यो क्षण अझै खल्लो हुन्थ्यो,” उहाँ भन्नुहुन्छ। यद्यपि, आँखै अगाडि देखेर टीका लगाउने अवसर छुट्दा मनभित्र खाडल खनेको महसुस हुने गरेको छ।

भक्तपुरकी रोमा भट्टराईका दाजुभाइमध्ये कान्छो कतारमा छन्। घरमै रहेका दाजुलाई टीका लगाउँदा विदेशिएका भाइको सम्झना अनिवार्यजस्तै हुन्छ। “यसरी भिडियोमा टीका देखाउँदा हाँसो र आँशु दुवै आउँछ,” उहाँ भन्छिन्, “दुवै दाजुभाइ एकैचोटि घरमा भइदिएका भए तिहारको रमाइलो बेग्लै हुनेथियो।”

कोटेश्वरकी गङ्गा कोइरालाका दुई दाजु पनि वैदेशिक रोजगारीमा छन्। उहाँहरू तिहारमा उपहार पठाउने गरे पनि भौतिक अनुपस्थितिले खालि खालीपन महसुस हुने उहाँ बताउनुहुन्छ।

सामाजिक संरचना र भावनात्मक असर

समाजशास्त्री डा. मीना पौडेलका अनुसार, वैदेशिक रोजगारीले आर्थिक रेमिट्यान्स मात्र होइन, सामाजिक मूल्य र आत्मीयताको पुनरब्याख्या पनि गरेको छ। “विदेशिएका आफन्तसँगको सम्बन्ध अझ भावनात्मक र गाढा बन्ने गरेको छ,” उहाँको भनाइ छ। उहाँ यसलाई “सामाजिक पुँजी” को रूपमा हेर्नु उपयुक्त हुने बताउनुहुन्छ।

तथ्याङ्क भन्छ – परदेशी नेपालीको संख्या बढ्दो

वैदेशिक रोजगार विभागका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३३ हजार नेपाली वैदेशिक रोजगारमा गएका छन्, जुन अघिल्लो वर्षभन्दा १ लाखले बढी हो। यसमध्ये ७ लाख ३९ हजार ४९ पुरुष९३ हजार महिला छन्।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...