नेपाल नर्सिङ संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍यो

Published on

काठमाडौं, कात्तिक ४

नेपाल नर्सिङ संघले निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत नर्सहरूको कम पारिश्रमिक र श्रम शोषणको विरोधमा कात्तिक ४ देखि ११ गतेसम्म देशभरका अस्पताल तथा स्वास्थ्य शिक्षण संस्थाहरूमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्यान्डिडेट चन्द्रकला शर्माले कात्तिक १२ देखि १८ गतेसम्म बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै नर्सिङ सेवा बन्द गर्ने घोषणा गरिन्।

संघले मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन आएपछि थप कार्यक्रमहरू पनि सार्वजनिक गर्ने बताइएको छ।

चन्द्रकला शर्माले नर्सहरूले उचित तलब सुविधा पाउनुपर्ने र वर्तमानमा श्रम ऐनले तोकेकोभन्दा कम तलब दिइँदै आएकोमा संघले आपत्ति जनाएको छ। उनले नर्सहरूको पारिश्रमिक स्वास्थ्य सेवा ऐनअनुसार हुनुपर्ने बताए।

नेपाल नर्सिङ संघले २०८२ वैशाख २५ गते स्वास्थ्य मन्त्रालयमा न्यूनतम तलब सुविधा र पेशागत हकहितसम्बन्धी १५ बुँदे माग पेश गरेको थियो। त्यसपछि असोज ३१ गते मन्त्रालयको पहलमा सरोकारवालासँग छलफल गरिएको थियो।

संघकी महासचिव डा. देवका आचार्यले कात्तिक २ गते सरोकारवालासँग भएको बृहत बैठकमा आन्दोलन कार्यक्रम घोषणा गरिएको जानकारी दिइन्। उनले स्वास्थ्य मन्त्रालयको पहलमा कार्यदल गठन र सातै प्रदेशमा अनुगमन समिति गठनलाई संघले स्वागत गरेको बताए।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा आन्दोलनका कारण स्वास्थ्य सेवामा आउने असुविधाप्रति माफी माग्दै परिणामको सम्पूर्ण जिम्मेवारी सरकार र सरोकारवालालाई लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल नर्सिङ संघ जनतालाई गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ, तर पटक–पटक मागहरू बेवास्ता हुँदा यस आन्दोलनको आवश्यकता परेको हो।” संघले सबैबाट समर्थन र सहयोगको हार्दिक अपील गरेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...