चन्द्रपुरमा यात्रुवाहक बसमा आगलागी, पूर्णरूपमा नष्ट

Published on

काठमाडौं, कात्तिक ५

रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा अचानक आगलागी भएको छ।

काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बिहान ७ः२० बजे सुरु भएको आगो करिब ८ः१५ बजे नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा बारुण यन्त्रको सहयोगले आगो नियन्त्रणमा लिइएको हो।

घटनामा कुनै मानवीय क्षति नभएको बताउँदै डिएसपी लाबुंगले बस भने पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिनुभयो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...