मोटरसाइकल दुर्घटनामा दुई घाइते, एकको अवस्था गम्भीर

Published on

काठमाडौँ, कात्तिक ५

ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित बाहन्नदे नजिकको बानियाँ खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

बुधबार बिहान ११ बजे फिदिमबाट ताप्लेजुङको पाथिभरा मन्दिरतर्फ आउँदै गरेको प्र.१–०१–०१४ प ९५१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दिल तुम्रोकमुक्साम लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा तुम्रोक गम्भीर घाइते हुनु भएको छ भने लिम्बूलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

हाल दुवै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...