वरिष्ठ लोकगायक कमल बिके निर्मोहीको उपचार सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न

Published on

काठमाडौँ, कात्तिक ५

दुबै मिर्गौला फेल भई उपचाररत वरिष्ठ लोकगायक तथा कलाकार कमल बिके निर्मोहीको सहयोगार्थ नेपालगञ्जमा “तिहारका रङहरू” नाम दिइएको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

वास नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सामूहिक देउसी–भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटक लगायतका आकर्षक प्रस्तुति देखाइएको थियो।

ह्विलचेयरमा कार्यक्रमस्थल पुग्नुभएका गायक निर्मोहीले भावुक हुँदै सहयोगी हातहरू देख्दा धन्य महसुस भएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा गायक सुनिलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाई, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, नृत्य प्रस्तुतिका लागि सन्तोष सोती मगर, सुजन डिसी, ‘मेरो डान्स युनिभर्स’ का थर्ड रनर अप सुरज सिञ्जाली मगर, डान्सर रुबिना अधिकारी, मौसमी राना मगर, आरुसी मगरएक्टिङ स्टार नबिना रानाभाटको प्रस्तुति रहेको थियो।

कार्यक्रम सञ्चालन शकुन्तला शाहले गर्नुभएको थियो भने वास नेपालका अध्यक्ष शिवकुमार बर्मा र कार्यकारी निर्देशक नमस्कार शाहले गायक निर्मोहीको योगदानको चर्चा गर्नुभयो।

कार्यक्रमबाट करिब एक लाख रुपैयाँ संकलन भएको र छिट्टै हस्तान्तरण गरिने वासका कार्यकारी निर्देशक शाहले जानकारी दिनुभयो।

कमल बिके निर्मोही तीन दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत तथा सञ्चार क्षेत्रमा सक्रिय रहनु भएका कलाकार हुनुहुन्छ। हाल दुबै मिर्गौला फेल भएपछि नेपालगञ्जस्थित आफ्नै घरमा बस्दै आउनुभएको छ।

सातामा दुई पटक डायलासिस गरिरहनु भएका उहाँको निरन्तर उपचारका लागि आर्थिक अभाव भएपछि वास नेपालको अगुवाइमा सहयोग संकलन अभियान थालिएको हो।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...