पेरुमा बढ्दो हिंसाविरुद्ध राष्ट्रपति जेरीद्वारा लिमामा ३० दिनको आपतकाल घोषणा

Published on

काठमाडौँ, कात्तिक ५

पेरुका राष्ट्रपति जोस जेरीले राजधानी लिमामा ३० दिनका लागि आपतकालीन अवस्था घोषणा गर्नुभएको छ। अपराध नियन्त्रणका लागि चालेको यो पछिल्लो कदमले देशमा चर्कँदो असन्तोष र विरोध प्रदर्शनलाई अझ चुल्याउने अनुमान गरिएको छ।

हालका वर्षहरूमा पेरुमा हत्या, अपहरण, फिरौती तथा सार्वजनिक स्थलमा आक्रमणजस्ता घटनामा उल्लेखनीय वृद्धि भएको छ। प्रहरी तथ्याङ्कअनुसार सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म १,६९० हत्या दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उच्च वृद्धिदर हो।

यसअघि राष्ट्रपति रहेकी दिना बोलुआर्तेलाई पनि यही अस्थिरता र बढ्दो हिंसाका कारण संसद्ले गत अक्टोबर १० मा महाभियोगमार्फत पदच्युत गरेको थियो। त्यसपछि तत्कालीन संसद्का सभामुख जोस जेरीले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको हो।

राष्ट्रपति जेरीले टेलिभिजनमार्फत सम्बोधन गर्दै लिमामा सैनिक परिचालन, नियन्त्रण उपायहरू कडा बनाउनेभेला तथा आवागमनमा अस्थायी प्रतिबन्धको तयारी भइरहेको जानकारी दिनुभयो। सम्बोधनपछि सरकारले आपतकालसम्बन्धी औपचारिक आदेश पनि प्रकाशित गरेको छ।

युद्ध शब्दले होइन, कार्यले जितिन्छ,” उहाँले सम्बोधनमा उल्लेख गर्नुभयो। साथै अपराधविरुद्ध लड्न ‘रक्षाबाट आक्रमणतर्फको रणनीतिक रूपान्तरण’ लागू गरिने पनि जानकारी दिनुभयो।

यसबीच, राष्ट्रपतिविरुद्ध प्रदर्शन तीव्र बन्दै गएको छ। गत बिहीबार जेन जेड कार्यकर्ताहरूको नेतृत्वमा भ्रष्टाचार र हिंसाविरुद्ध विशाल प्रदर्शन भएको थियो। त्यसक्रममा एक सर्वसाधारणको मृत्यु भएको र करिब १०० जना घाइते भएको रिपोर्ट छ।

राष्ट्रपति जेरीले सोही दिन राजीनामा नदिने स्पष्ट अभिव्यक्ति दिनुभएको थियो।

यसअघि पनि पूर्व राष्ट्रपति बोलुआर्तेले गत मार्चमा आपतकाल घोषणा गर्नुभएको थियो, तर अपराध नियन्त्रणमा प्रभावकारी परिणाम देखिएको थिएन। तसर्थ, यो नयाँ प्रयासले कति सुधार ल्याउँछ भन्ने प्रश्न खुलेको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...