नेपालगन्ज नाकाबाट जडिबुटी निर्यात ११८ प्रतिशत वृद्धि

Published on

काठमाडौं । जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रुपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुको तीन महिनामै ११८ प्रतिशतले वृद्धि भएकोे छ ।

आर्थिक वर्ष २०८२र०८३ को साउन, भदौ र असोज महिनामा मात्रै यो नाकाबाट जडिबुटी निर्यात ११८ तिशतले वृद्धि भई यस वर्ष जडिबुटीको निर्यात धेरै राम्रो हुने सङ्केत गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

तीन महिनामा मात्रै पाँच लाख किलोभन्दा बढि जडिबुटी निर्यात भएपछि यस क्षेत्रका व्यवसायीहरु उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको तीन महिनामा १५ करोड २२ लाख ४० हजार रुपियाँको पाँच लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात भएको जनाउँदै गत आवको सोही अवधीमा छ करोड ९९ लाख ४४ हजार रुपियाँको तीन लाख ५९ हजार ६६० किलो जडिबुटी निर्यात भएको बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको शुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमै जडिबुटी निर्यातमा देखिएको उत्साहजनक वृद्धिले यस क्षेत्रका व्यवसायी, किसान र सङ्कलक सबै उत्साहित बनेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार विगत केही वर्षमा विभिन्न कारणले घट्दै गएको जडिबुटीको निर्यात यस वर्षबाट राम्रो तरिकाले वृद्धि हुन थालेपछि यसबाट देशको आर्थिक अवस्थामा समेत सुधार हुने बताउनुभयो ।

जडिबटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहात महसुस भएको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।

उहाँले आर्थिक वर्षको सुरुमै भारत लगायतका देशहरुबाट जडिबुटी लगायतको माग बढ्दै गएको देखिएकाले अझै निर्यात वृद्धि हुँदै जाने अनुमान गरिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...