तराई–मधेशमा छठको पूर्वसन्ध्याः छठघाट व्यवस्थापन र सरसफाइ तीव्र

Published on

काठमाडौं । लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ । श्रद्धा र निष्ठाका साथ मनाइने यस चार दिने पर्वको तयारी स्वरूप स्थानीय शहर तथा गाउँ बस्तीहरूमा रहेका नदी, तलाउ र पोखरीहरूको किनारमा छठघाट निर्माण र सजावटको कामलाई भव्यताका साथ अघि बढाइएको हो ।

पश्चिम नवलपरासीमा पनि स्थानीयवासी, युवा क्लब र विभिन्न पूजा व्यवस्थापन समितिहरू छठघाटलाई आकर्षक र व्यवस्थित बनाउन सक्रियताका साथ जुटेका छन् । छठ पर्वमा सूर्यदेवलाई अर्घ्य दिनका लागि जलाशयको किनारमा घाट बनाउने परम्परा अनुसार, पोखरी र नदी किनारहरूलाई सरसफाइ गरी झकिझकाउ बनाउने छ ।

छठघाटको विशेष तयारी
शुद्धीकरणः व्रतालुहरूका लागि अर्घ्य दिने स्थानहरूमा माटोको लेप लगाई शुद्ध पारिने कार्य भइरहेको छ ।

सजावटः घाट वरपर आकर्षक पण्डाल, रङ्गीचङ्गी बत्ती र तोरणहरूले सिङ्गारिँदै छ । केराका थम्बा र झिलिमिली बत्तीको प्रयोगले घाटहरूलाई मनमोहक बनाइँदै छ ।

‘नहाय खाय’ विधिबाट सुरु हुने यो पर्वमा व्रतालुहरूले निराहार व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पारिवारिक सुख, शान्ति, समृद्धि र सन्तान प्राप्तिको कामना गर्नेछन् ।

सद्भावको पर्व
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस विशुद्ध धार्मिक आस्थाको पर्वलाई बढो हर्ष अनि उल्लासका साथ मनाइन्छ । छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि प्रसादहरू दिने चलन छ । केराका घोगा, नरिवल, भोगटे लगायतका मौसमी फलफूलहरूलाई छठको प्रसादका रूपमा लिइन्छ । यी फलफूलहरूलाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसादका रूपमा घर लैजाने परम्परा रहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...