बाढी पहिरोपीडितलाई पाकिस्तानको सहयोग

Published on

काठमाडौं । कोशी प्रदेशका बाढी पहिरो पीडित परिवारलाई पाकिस्तानले सहयोग गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान युवा परिषदले इलाममा बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।

इलाम जिल्लाको माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मी, प्रथम सचिव मुहम्मद हारुन रसिद र नेपाल–पाकिस्तान युवा परिषदका संयोजक ऋचुमणि लुइटेलले इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाममा प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको हो ।

त्यस अवसरमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एक नारायण कोइराला, माङसेबुङ गाउँपालिकाका अध्यक्षका साथै स्थानीयवासीको उपस्थिति थियो ।

कार्यक्रममा राजदूत हाश्मीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबिचको मित्रता र सहयोगको बलियो सम्बन्ध अब बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानका जनताको तर्फबाट प्रेमको प्रतीकको रूपमा प्रभावित परिवारलाई साहायता प्रदान गरिएको बताउँदै राहत प्रयासमा तीन तहकै सरकारको प्रयासको प्रशंसा गर्नुभयो ।

राजदूत हाश्मीले इलाम जिल्लामा बाढीबाट प्रभावित योग्य विद्यार्थीलाई एमबिबिएस, बिडिएस र बी फार्मेसीअन्तर्गत चार छात्रवृत्ति प्रदान गरिने र उच्च माध्यमिक शिक्षाका लागि पनि पचास वटा छात्रवृत्ति प्रदान गरिने घोषणा गर्नुभयो ।

त्यसअघि, राजदूतले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती भण्डारीसँग भेट गरी असोजको तेस्रो साताको बाढी पहिरोबाट दिवंगत व्यक्तिहरुप्रति पाकिस्तान सरकार र पाकिस्तानका जनताका तर्फबाट हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...