फोर्स गाडी दुर्घटना, ९ जना घाइते

Published on

काठमाडौं । फोर्स गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो । 

१५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिनुभयो । 

पाणिनी गाँउपालिका –८ पाली बस्ने चालक २७ वर्षिय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी –१ बस्ने बर्ष ७० को भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ।  त्यस्तै, छत्रदेव –७ बस्ने बर्ष ६८ की कमलादेवी पाण्डे, मालारानी –१ बस्ने बर्ष ६० कि रिमा भुसाल, मालारानी –१ बस्ने बर्ष ३५ कि सिता भुसाल, रुपन्देही जिल्ला बुटवल –१६ रानीगंज बस्ने बर्ष ५५ कमला सुवेदी, अर्घाखाँची मालारानी –७ बस्ने बर्ष १८ कि पूजा पाण्डे, उहाँकी छोरी बर्ष २ कि पवित्रा पाण्डे, छत्रदेव –५ डाडाँचौपारी बस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते हुनुभएको प्रहरीको भनाइ छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...