आन्तरिक तथा बाह्य पर्यटकले पर्यटकीय गन्तव्य भरिभराउ

Published on

काठमाडौं । लमजुङ र मनाङका पर्यटकीय गन्तव्यहरुमा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । दसैँ तिहार तथा छठसम्मको लामो बिदाका कारण आन्तरिक पर्यटकहरुले पर्यटकीय गन्तव्यहरु भरिभराउ भएका छन् ।

बिदाको सदुपयोग गरेर भ्रमणमा निस्कने नेपाली पर्यटकहरुको सङ्ख्या उल्लेख्य छ । लमजुङ प्रवेशद्वार भएर अन्नपूर्ण पदमार्ग र तिलिचो पुग्ने पर्यटकसँगै लमजुङका ग्रामीण होमस्टेहरु पनि आन्तरिक पर्यटकहरुले भरिभराउ भएका छन् । यो समय घुम्नका लागि अनुकूल भएको र मौसमले पनि साथ दिएकाले हजारौँ आन्तरिक पर्यटकहरु पर्यटकीय गन्तव्य पुग्ने गरेका छन् । लमजुङ भएर मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ जाने पर्यटकहरुसँगै पारिवारिक रुपमा घुम्न आएका पर्यटकहरुले लमजुङका होमस्टेहरु भरिभराउ छन् ।

पारिवारिक भ्रमण, विद्यालय तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरु लमजुङ हुँदै मनाङ जानेको सङ्ख्या दैनिक हजारभन्दा बढी छ । सामान्य अवस्थामा सहज पर्यटक व्यवस्थापन सम्भव भए पनि दसैँ, तिहार र छठ पर्वका लामो सार्वजनिक बिदाका कारण युवापुस्ताको प्रमुख गन्तव्य मनाङ बन्ने गरेको छ ।

यतिबेला मनाङ पुग्ने पर्यटकका लागि खान र बस्ने व्यवस्था गर्नसमेत होटल व्यवसायीलाई धौ–धौ परेको छ । होटल बुक गरेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने होटल अग्रिम बुक नगर्नेहरु अलपत्र पर्ने अवस्था सिर्जना भएको मनाङ निस्याङ गाउँपालिका–९ का वडाअध्यक्ष छोल्पोबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार शनिबार मात्रै तिलिचो बेसक्याप पुग्ने पर्यटकको सङ्ख्या दुई हजार पाँच सयभन्दा बढी छ ।  

लमजुङका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनासलगायतका व्यावसायिक होमस्टे गाउँहरु पनि आन्तरिक पर्यटकहरुले भरिभराउ भएका हुन् । चाडपर्वको उल्लाससँगै पर्यटकहरुको आगमनले गाउँमा झनै उत्साह थपिएको पर्यटन व्यवसायी घलेगाउँ ग्रामीण पर्यटनका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।  

यतिबेला मनाङमा बाह्यसँगै आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ । पर्यटकीय सिजन भएकाले पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढेको छ । जसका कारण अन्नपूर्ण पदमार्गका होटल व्यवसायीहरुलाई भ्याइनभ्याई भएको छ ।

पर्यटकीय गन्तव्यहरुमा यातायातको सहज पहुँच भएका युवायुवतीहरु मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चढेर पनि पर्यटकीय गन्तव्य पुग्ने गरेका छन् । काठमाडौँ, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आएका आन्तरिक पर्यटकहरुले होटल व्यवसायीसँगै यातायात व्यवसायीहरुलाई पनि भ्याइनभ्याई भएको छ । पर्यटकीय गाउँहरुमा दैनिक एक सयभन्दा बढि पर्यटकहरु पुग्ने गरेका छन् भने अन्नपूर्ण पदमार्गमा दैनिक पाँच सयभन्दा बढी पर्यटक हिँड्ने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...