जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु

Published on

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक चन्दननाथ नगरपालिका–१ आचार्यबाडाका ३१ वर्षीय अर्जुन महतारा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिनुभयो।

महतारा लासी बजारमा होटल सञ्चालन गर्दै आउनु भएका थिए। आइतबार राति करिब १० बजे ३० मिनेटमा आफ्नै घरमा सिसिटिभी क्यामेरा जडान गर्ने क्रममा उहाँलाई करेन्ट लागेको प्रहरीका अनुसार जानकारी प्राप्त भएको छ।

गम्भीर घाइते भएका महतारालाई उनका मित तथा नातेदार गणेश बुढाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको थिए। तर चिकित्सकले उपचारको क्रममा उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...