जापानमा भालुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश पुग्यो

Published on

काठमाडौं । जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ । पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनामा वृद्धि भएको वातावरण मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सयभन्दा बढी मानिस परेका छन् । भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष सन् २००६ बाट रेकर्ड राख्न सुरु गरिएकोमा सबैभन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो ।

अकिता प्रान्तमा बासिन्दालाई भालुको आक्रमणबाट मानिसलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ । आक्रमणको अवस्था प्रान्तीय तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितिमा पुगेको  गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । छिमेकी प्रान्त इवाटेमा अप्रिलदेखि ३० जनाभन्दा बढी मानिस भालुकाे आक्रमणमा परेको जनाइएको छ । रासस/सिन्ह्वा 

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...