भान्सा घरमा आगलागी हुँदा लाखौं क्षति

Published on

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका बलबहादुर विकको भान्सा घरमा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

स्थानीय शिक्षक निमा लामाका अनुसार विकको काठ र जस्ताको प्रयोग गरी निर्माण गरिएको भान्साघर आलगागीले पूर्णरुपमा क्षति भएको छ । सो आगलागीबाट करिब तीन लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको शिक्षक लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट भान्सा घरसहित घरभित्र रहेको भाँडा वर्तन, खाद्यान्नलगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीकाे कारण नखुले पनि चुल्होमा बालिएको आगोबाट भान्साघरमा आगलागी भएको हुनसक्ने स्थानीय अनुमान गरेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...