‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा, तापक्रममा गिरावट

Published on

काठमाडौं । ‘मोन्था’ चक्रवातको प्रभावका कारण बिहीबार बिहानदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ, जससँगै तापक्रममा पनि गिरावट आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका धेरैजसो शहरहरूमा पानी पर्ने सम्भावना रहेको छ। वर्षाको प्रभावले काठमाडौँ उपत्यका र धनगढीसहित विभिन्न स्थानको तापक्रम घटेको बताइएको छ।

महाशाखाले जारी गरेको विवरणअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने सबैभन्दा कम तापक्रम जोमसोममा एक डिग्री सेल्सियससम्म झर्ने सम्भावना छ।

अन्य स्थानमा डडेलधुरामा २२, दिपायलमा २९, वीरेन्द्रनगरमा २५, नेपालगञ्जमा ३०, जुम्लामा २०, पोखरामा २४ र भैरहवामा २९ डिग्रीसम्म तापक्रम रहने अनुमान छ। त्यसैगरी, सिमरामा २८, काठमाडौँमा २१, ओखलढुङ्गामा १९, धनकुटामा २२, विराटनगरमा २८, धरानमा २७, जनकपुरमा २८, जिरीमा १९ र ताप्लेजुङमा २१ डिग्री तापक्रम रहने महाशाखाले जनाएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार ‘मोन्था’ चक्रवातको असर शनिबार बिहानसम्म रहन सक्ने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा र अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ।

उहाँका अनुसार शनिबार बिहानदेखि मात्रै मौसममा सुधार आउने अनुमान गरिएको छ। आगामी २४ घण्टाभित्र काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा हुने भए पनि सबै स्थानमा लगातार वर्षा नहुने स्पष्ट गरिएको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...