बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

Published on

काठमाडौं । कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा भएकाले पाठकलाई अनुभूत तथा द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताउनुभयो ।

समालोचक डङ्गोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको उल्लेख गर्दै अधिकांश कथाको बुनोट यही समाजका विषयबस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज तथा स्वाभाविक रहेका बताउनुभयो ।

समीक्षक सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य’भित्र सत्यका निकट रहेर लेखिएका कथाहरू रहेको उल्लेख गर्नुभयो । रासस

spot_img

ताजा समाचार

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौँ - साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत...

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते

गुल्मी - गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ...

एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– नेपाली खेलकुदको ठूलो उत्सव

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलताको...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

ब्राजिल- ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका...