धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध

Published on

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् ।

वर्षाका कारण तमोर–करिडोर क्षेत्रमा पर्ने पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२, र धनकुटाको चौविसे गाउँपालिका–४ को सिमानामा बग्ने नावा खोलामा गएरातीदेखि परेको वर्षाले पानीमा बहाव बढेपछि दुईतर्फ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । जसका कारण धनकुटाको तमोर–करिडो सडक खण्ड अन्तरगत धनकुटाको मुलघाट हुँदै, पाँचथर र ताप्लेजुङ जाँने यातायतका सधान चल्न सकेका छैनन् । यस्तै उक्त सडक खण्डमा पाँचथर तर्फ ३ र धनकुटातर्फ ४ वटा ट्रक रोकि रहेको प्रहरीले जनाएको छ ।

यस्तै, भेडेटार–रविराके सडक अण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–५, स्थित लुम्फाजुङमा सडक भासिएर अवरोध भएको छ । अविरल वर्षाका कारण निर्माणाधीन रविराके सडक करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । यस्तै सेही स्थानमा माथीबाट ढुङगा र माटोको पहिरो झरी सडक अवरुद्ध भएको कारण उक्त सडक खण्ड दुबैतर्फ यातायातका साधन अवरुद्ध भएका छन् । वर्षाका कारण सडक अवरुद्ध भएपछि भेडेटार हुँदै धनकुटाका विभिन्न स्थान र पाँचथरको रवि राकेसम्म जाने यातायातका साधन चल्न सकेका छैनन् ।

अविरल वर्षासँगै आएको बाढी पहिरो र खोलामा पानिको बहाव बढेपछि तमोर–करिडोर सडक खण्ड र भेडेटार–रविराके सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । यस्तै धरान धनकुटा सडक खण्ड अन्तर्गत सँगुरीगढी गाउँपालिका–६,चारखोले गोलाईस्थित कोशी लोकमार्गमा सडक भासिदा सडक अवरुद्ध भएको छ । उक्त सडक एकतर्फी साना सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी महेश भट्टराईको कमाण्डमा ७ जना प्रहरी टोली खटी सडक खुलाउने पहल सुरुभएको प्रहरीको भनाइ छ ।गोरखापत्र

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...