धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध

Published on

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् ।

वर्षाका कारण तमोर–करिडोर क्षेत्रमा पर्ने पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२, र धनकुटाको चौविसे गाउँपालिका–४ को सिमानामा बग्ने नावा खोलामा गएरातीदेखि परेको वर्षाले पानीमा बहाव बढेपछि दुईतर्फ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । जसका कारण धनकुटाको तमोर–करिडो सडक खण्ड अन्तरगत धनकुटाको मुलघाट हुँदै, पाँचथर र ताप्लेजुङ जाँने यातायतका सधान चल्न सकेका छैनन् । यस्तै उक्त सडक खण्डमा पाँचथर तर्फ ३ र धनकुटातर्फ ४ वटा ट्रक रोकि रहेको प्रहरीले जनाएको छ ।

यस्तै, भेडेटार–रविराके सडक अण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–५, स्थित लुम्फाजुङमा सडक भासिएर अवरोध भएको छ । अविरल वर्षाका कारण निर्माणाधीन रविराके सडक करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । यस्तै सेही स्थानमा माथीबाट ढुङगा र माटोको पहिरो झरी सडक अवरुद्ध भएको कारण उक्त सडक खण्ड दुबैतर्फ यातायातका साधन अवरुद्ध भएका छन् । वर्षाका कारण सडक अवरुद्ध भएपछि भेडेटार हुँदै धनकुटाका विभिन्न स्थान र पाँचथरको रवि राकेसम्म जाने यातायातका साधन चल्न सकेका छैनन् ।

अविरल वर्षासँगै आएको बाढी पहिरो र खोलामा पानिको बहाव बढेपछि तमोर–करिडोर सडक खण्ड र भेडेटार–रविराके सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । यस्तै धरान धनकुटा सडक खण्ड अन्तर्गत सँगुरीगढी गाउँपालिका–६,चारखोले गोलाईस्थित कोशी लोकमार्गमा सडक भासिदा सडक अवरुद्ध भएको छ । उक्त सडक एकतर्फी साना सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी महेश भट्टराईको कमाण्डमा ७ जना प्रहरी टोली खटी सडक खुलाउने पहल सुरुभएको प्रहरीको भनाइ छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...