तिलिचो बेस क्याम्पमा पाँच दिनदेखि फसेका ११ पर्यटकको सफल उद्धार

Published on

काठमाडौं । मनाङस्थित तिलिचो बेस क्याम्पमा पाँच दिनदेखि उच्च हिमपात र अविरल वर्षाका कारण फसेका ११ जना आन्तरिक पर्यटकलाई सफलतापूर्वक उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ स्कूल (एमआरटीएस) बाट खटिएको विशेष उद्धार टोलीले कठिन यात्रापछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकामध्ये एक जनाको खुट्टामा चोट लागेको, एक नौ वर्षीय बालक र एक महिला बिरामी अवस्थामा रहेका र बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सबैको अक्सिजन स्तर सामान्यभन्दा कम देखिएको र उपचारको व्यवस्था गरिएको बताइएको छ। उद्धार कार्य नौ घण्टासम्मको कठिन यात्रापछि सम्पन्न भएको थियो। दुई फिटसम्म बरफ जमेको साँघुरो र भिरालो बाटो हुँदै एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यु टोलीले विशेष उपकरण र गियर प्रयोग गरेर अभियान पूरा गरेको हो। उद्धार गरिएका सबै पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयले यस आर्थिक वर्ष पहिलो पटक हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यु तालिम सञ्चालन गरेको थियो। तालिमका क्रममा प्रशिक्षक र प्रशिक्षार्थी गरी ३९ जनाले गत अश्विन महिनाको अन्त्यतिर चुलु फार इस्ट (६,०३८ मिटर) शिखर सफलतापूर्वक आरोहण गरेका थिए। सशस्त्र प्रहरी बलका अनुसार यस किसिमका तालिम र अभ्यासहरूले उच्च हिमाली क्षेत्रमा उद्धार क्षमता बढाउने र भविष्यमा यस्ता घटनामा अझ प्रभावकारी रूपमा काम गर्न मद्दत गर्ने विश्वास लिइएको छ। साथै, यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमका बेला पूर्वतयारी र तालिमको अपरिहार्यता स्पष्ट पारेको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...