एक सातादेखि बेपत्ता सरोज शर्माको हत्या, दुई जना पक्राउ

Published on

काठमाडौं । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ ।

गत आइतबारदेखि हराइरहेका शर्माको शव शनिबार बिहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले शङ्कास्पद दुई जनालाई  पक्राउ गरिसकेको जनाएको छ । बिहान पुल आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जनाइएको छ ।

दुर्गन्ध फैलिएको ठाँउ पहिचान गरेर खाल्डो खनेर हेर्दा कालो प्लाष्टिकमा शव कुहिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।  शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य दीपक पोखरेलका अनुसार शवको साथमा रहेको नागरिकताका कारण शर्माको पहिचान खुलेको छ । परिवारले सनाखत गरेको उहाँले उल्लेख गर्नुभयो ।

शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार मङ्गलबार झापाको मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो । हत्याराले फिल्मि शैलीमा अपहरण गरेर एकातिर सवारी साधन जलाएर अर्कातिर शव गाडेको देखिन्छ, प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काका अनुसार शव सडेको अवस्थामा रहेकाले नचिनिने अवस्थामा रहेको थियो । परिवारका सदस्य तथा आफन्तहरुले सनाखत गरेपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ । हत्याको विषयमा विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको आङ्शकामा शाहको नजिक कै दुई जनालाई पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभयो । शर्माको हत्यामा संलग्न रहेको आङ्शकामा दुई जनालाई पक्राउ गरिएको छ, उहाँले भन्नुभयो । उनिहरुको पहिचान खुलाइएको छैन । अपहरणपछि शर्माको हत्या भएको भन्दै हत्यामा संलग्नको तत्काल पहिचान गरेर पक्राउ गरी सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...