काठमाडौं । घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक शालबहादुर बिकको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शुक्रबार एक दिने शोक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८२ साल कात्तिक २० गते राति बिकको असामयिक निधन भएपछि आज (कात्तिक २१ गते) उपमहानगरपालिकाका सबै कार्यालयहरू बन्द रहने उल्लेख गरिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जारी गरेको विज्ञप्तिमा बिकको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको भन्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ।

