अस्पतालमा तोडफोड गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

Published on

काठमाडौं । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेसु डा. दिलीप साहमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले हातपात तथा तोडफोडको आरोपमा राजविराज नगरपालिका ४ का २४ वर्षीय उदय ठाकुर, सोही ठाउँका २४ वर्षीय विनित चौहान, विष्णुपुर गाउँपालिका ६ का ५० वर्षीय प्रमेश्वर यादव र सोही ठाउँका २५ वर्षीय रमन यादव उपर मुद्दा चलाइएको हो।

चारै जनालाई पक्राउ गरी आपराधिक उपद्रव मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दिया टोलकी रेखा यादवले आइतबार जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियु कक्षमा राखिएको थियो। साँझ पख अचानक सर्ट सर्किट भएर झरेको बल्बले नवजात शिशुको टाउको र गालमा जलन भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकमाथि  हातपात गरेपछि गजेन्द्रनाराण सिंह अस्पताल राजविराजको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको थियो।

सोमबारको सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घटनामा संलग्न उपर कारवाही र क्षतिपूर्ति भराउने प्रतिबद्धता जनाउनु भएपछि मङ्गलबारबाट अस्पतालको सबै सेवा सञ्चालन भएको मेसु साहले जानकारी दिनुभयो। गोरखापत्र 

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...