एघार वर्ष बित्यो, बनेन घुमाउनेघाटको पुल

Published on

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । २०७१ साल असारमा सम्झौता गरी सुरु गरिएको पुल निर्माण अहिलेसम्म प्रारम्भिक चरणमै अलपत्र छ ।

त्रिशूली नदीमाथि बन्ने यो पक्की पुलले पोखरालाई तराईसँग पृथ्वी राजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग उपलब्ध गराउने लक्ष्य राखिएको थियो तर ठेकेदारको लापर्बाहीका कारण पुल ११ वर्षसम्म पनि अधुरो नै रहेको छ । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीका अनुसार नौ करोड ५६ लाख रुपियाँ लागतमा सुरु गरिएको पुलको करिब ४५ प्रतिशत मात्र काम पूरा भएको छ । 

कार्कीले भन्नुभयो, “गत वर्षको बाढीले एउटा पिल्लरमा क्षति पु¥याएपछि डिजाइन नै फेरबदल गर्नुपर्ने देखिएकाले काम रोकिएको हो ।” पुल निर्माण सुरु गरेको लामो समय बितिसक्दा पनि दुईतर्फका पिल्लरबाहेक अरू संरचना बन्न सकेका छैनन् । बारम्बार म्याद थपिँदा पनि ठेकेदार कम्पनीले काममा चासो नदेखाएको भन्दै डिभिजन कार्यालयले पटक पटक चेतावनी दिएको छ ।

बुद्धसिंह मार्ग सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जामगरले सरकार र ठेकेदार कम्पनीले जनगुनासो बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “विकासका यति हेलचेक्रयाइँ गर्नु कसैका लागि पनि उचित होइन । राजनीतिक दलका नेताले विकाससमेत राजनीतिक गर्नु दुर्भाग्य हो । अब पनि पुल बन्ने सङ्केत बनेनन् भने आन्दोलन गर्न बाध्य हुने छौँ ।”

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङका अनुसार पुल बनेपछि नारायणगढ पुग्ने दुरी करिब ३० किलोमिटर छोटिने छ । उहाँले भन्नुभयो,  “इन्धन खर्चमा ठुलो बचत हुने र पोखरा–दमौली–चितवन आवागमन सहज बन्ने कुरामा पनि कसैले ध्यान दिएको देखिँदैन ।” पुलको डिजाइन ‘आर्क’ शैलीमा तयार गरिएको छ । कुल १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ हुने यस पुलमा ७.५ मिटर सवारी भाग र दुवैतर्फ फुटपाथ रहने छ । हेडौँडास्थित मृत सञ्जीवनी ठेकेदार कम्पनीसँग सम्झौता भएको सो पुलको हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको सडक डिभिजन कार्यालयको भनाइ छ । गोरखापत्र   

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...