गुल्मीमा मतदाताको सहजताका लागि तीन मतदान स्थल थप गर्न सिफारिस

Published on

काठमाडौं । गुल्मीमा मतदाताहरुको सहजताका लागि तीन मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले थप गर्न आवश्यक जिल्लाका मतदान स्थलको अनुगमन गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहका जनप्रतिनिधी, सुरक्षा समिति, निर्वाचन कार्यालय र सरोकारवालाको बैठकले आगामी निर्वाचनका लागि तीन वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।

गुल्मीदरवार गाउँपालिकाका एक, सत्यवति एक र मुसिकोटमा एक वटा मतदान स्थल थप गर्न र मुसिकोट नगपालिका–४ मा एउटा मतदान स्थल सार्ने निर्णय गरेर आयोगमा सिफारिस गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

सत्यवति गाउँपालिका–६ मा थप एउटा नयाँ मतदान स्थल वडा कार्यालय भवनमा कायम गर्ने, गुल्मीदरवार गाउँपालिका–१ मा नयाँ मतदान स्थल बलिथुम नरहरि कँडेल माविमा कायम गर्ने र मुसिकोट नगरपालिका–१ को वडा सेवा केन्द्र भवन सिम्लेमा नयाँ मतदान स्थल थप गर्ने गरेर आयोगमा सिफारिस भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै मुसिकोट नगरपालिका–४ मुसिकोट मावि हलोगाडेबाट जनता आधारभूत विद्यालय आरुपाटामा ५१६ जना मतदाता सार्ने निर्णय भएको छ । गुल्मीमा गत निर्वाचनसम्म १४२ निर्वाचन स्थल र २७९ मतदान केन्द्र रहेका थिए ।

नयाँ मतदाता थपिदैँ
गुल्मीमा अहिलेसम्म दुई हजार ४५५ नयाँ मतदाता थपिएका छन् । जसमा दुई हजार ३९७ जिल्लाबाट र ५८ जना जिल्ला बाहिरकाले मतदाता नामावली अद्यावधिक गरेका छन् । त्यस्तै १४५ जनाले त्रुटि सच्याउने र २६४ जनाले मतदाता नामावली ठाउँ सारी गरेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले जानकारी दिनुभयो । गुल्मीमा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरेर दुई ठाउँबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम हुँदै आएको छ । निर्वाचन कार्यालयले पाँचदेखि आठ हजार नयाँ मतदाता थप हुने अनुमान गरेपनि सोही अनुसारको अवस्था देखिदैन् । मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम २०८२ अनुसार मृत्यु भएका मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको सूचना सार्वजनिक पनि गरिसकिएको छ ।

चन्द्रकोटका २५, छत्रकोटका २८, धुर्कोट २४, गुल्मीदरवार ३३, इस्मा २५, कालिगण्डकी २३, मदाने २५, मालिका २२, मुसिकोट ३६, रेसुंगा ३०, रुरुक्षेत्र २६, सत्यवति ३१ गरेर ३२८ जना मृत्यु भएकाहरुको मतदाता नामवलीबाट नाम हटाइएको छ । त्रुटी हटाइएका ४७, ठाउँसारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन् । गुल्मीमा २०७९ सालको मतदाता नामवली अनुसार जिल्लाभर पुरुष एक लाख १० हजार ७२८ र महिला एक लाख १३ हजार १२० गरेर कुल दुई लाख २३ हजार ८५० मतदाता रहेका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...