खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

Published on

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा ल्याएको छ। खाँदबारी नगरपालिका–१ को बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी लहराउँदै आक्रमणको प्रयास गरेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र जेलमुक्त भएका थिए। जेलमुक्त भएपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी दर्ता भएकोले प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो। सो क्रममा विश्वकर्माले प्रहरीलाई हातपात गर्दै हतियार खोस्ने प्रयास गरेपछि आत्मरक्षार्थ गोली चलाउनुपरेको डिएसपी मैनालीले बताए। गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...