खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

Published on

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा ल्याएको छ। खाँदबारी नगरपालिका–१ को बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी लहराउँदै आक्रमणको प्रयास गरेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र जेलमुक्त भएका थिए। जेलमुक्त भएपछि पनि उनीविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी दर्ता भएकोले प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो। सो क्रममा विश्वकर्माले प्रहरीलाई हातपात गर्दै हतियार खोस्ने प्रयास गरेपछि आत्मरक्षार्थ गोली चलाउनुपरेको डिएसपी मैनालीले बताए। गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...