लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

Published on

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातभर प्रहरी टोली तैनाथ भएको थियो । इन्स्पेक्टर जोहारी नेतृत्वको प्रहरी टोलीले सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको हो । 

उक्त गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठसमेत पक्राउ परेका छन् । लखन्देही खोलाको भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको सूचना पाएपछि प्रहरी टोली लालबन्दी ६ को शिव मन्दिर आसपासमा बाटो ढुकेर बसेको थियो । भित्री बाटो हुँदै प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको लालबन्दी प्रहरीका प्रमुख इन्स्पेक्टर जोहारीले जानकारी दिनुभयो । उहाँका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको हो ।

पक्राउ परेका श्रेष्ठ अटोमा सवार थिए । मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको लालबन्दी प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...