काठमाडौं । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन्। मङ्गलबार बिहान करिब ८:३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै कोठामा निर्जीव अवस्थामा भेटिएका हुन्। घटनाबारे वडाअध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई जानकारी दिएपछि हवल्दार शम्भुनारायण साहको नेतृत्वमा प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो।
घटनास्थल सुरक्षित गरेर प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा थप टोली पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।

