एनपिएल: कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दियो

Published on

काठमाडौं । ओपनर प्रियाङ्क पान्चालको ९० रनको विस्फोटक अर्धशतकको सहायतामा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनायो। पान्चालले ४८ बलमा सात चौका र छ छक्काको सहयोगमा उक्त रन बनाएका थिए। त्यस्तै, पवन सर्राफले अविजित २७, म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन योगदान गरे। बलिङतर्फ चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले एक–एक विकेट लिए। गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...