एनपिएलमा आज काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने

Published on

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ४ बजे सुरु हुने छ। लगातार दोस्रो जितको खोजीमा रहेको काठमान्डुले पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो। त्यो जितका कारण टोली उच्च मनोबलसहित मैदान उत्रँदैछ।

यता साविक उपविजेता सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। पहिलो संस्करणको फाइनलमा जनकपुरसँग पाँच विकेटले पराजित भएको स्मरण सुदूरपश्चिमका खेलाडीहरूलाई अझ प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ। काठमान्डुले जनकपुरलाई हराएपछि आत्मविश्वास बढेको छ भने सुदूरपश्चिमले अघिल्लो सिजनको शानदार प्रदर्शन दोहोर्‍याउँदै दर्शकहरूको भरोसा र मन जित्ने लक्ष्य राखेको छ। सुदूरपश्चिम क्षेत्रमा क्रिकेटको लोकप्रियता उच्च भएकाले टोलीलाई बलियो समर्थन हुने अनुमान छ।

पूर्व राष्ट्रिय प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डु र राष्ट्रिय टोलीका घरेलु प्रशिक्षक जगत टमटाले प्रशिक्षण गरिरहेको सुदूरपश्चिमबीचको आजको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ। दुवै टोलीमा विदेशी तथा स्वदेशी खेलाडीको उत्कृष्ट संयोजन भएकाले प्रतिस्पर्धा कडा हुने देखिन्छ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...